1 Samuel 21:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका भारदारहरूले आकीशलाई सोधे, “के यिनी दाऊद होइनन्? यिनी त आफ्‍नै देशमा राजा छन्। यिनकै बारेमा स्‍त्रीहरूले नाच्‍दै यसरी गाएका थिए, ‘शाऊलले हजार-हजारलाई मारे तर दाऊदले लाख-लाखलाई मारे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आकीशका सेवकहरूले उनलाई भने, “देशका राजा दाऊद यिनी नै हुन्, जसको विषयमा नाच्‍दै तिनीहरूले यसो भनेर गाएका छन्‌: “‘शाऊलले हजारौँ हजारलाई ध्‍वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्‍वंस गरे’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी त्यस देशका राजा दावीद होइनन् र? के यिनी तिनै व्यक्ति होइनन्, जसको बारेमा तिनीहरूले नाच्दै यसो भन्दै गाएका थिए?” शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले लाखौँ-लाखलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे।