1 Samuel 21:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका वचनले दाऊदमा एउटा गहिरो प्रभाव पार्यो र उनी आकीश राजासित औधी डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा दाऊदले मनमा राखिछोड़े, र तिनी गातका राजा आकीशसित साह्रै डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले यी कुराहरू सुने। अनि तिनी गात सहरका राजा आकीशसँग साह्रै डराए।
Nepali ERV (पवित्र बाइबल)
आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्; “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।”