1 Samuel 21:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरू छेउमा हुँदा दाऊद पागल भएको बहाना गर्थे र तिनीहरूले रोक्‍दा तिनले बहुलाकै बहाना गर्थे। तिनी सहरका पर्खालमा लेखिहिंड्थे र दाह्रीमा राल चुहाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसैकारण तिनले उनीहरूका सामुन्‍ने पागलपनको अभिनय गरे। उनीहरू सबैका सामु मूल ढोकाका दुवै पाटामा कोर्दै र दाह्रीमा राल चुहाउँदै तिनी बौलाहाजस्‍तो भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले तिनीहरूका सामु बौलाहा भएको बहाना गरे। यसरी उनीहरूका साथमा हुँदा तिनले बहुला मानिसले जस्तै अभिनय गर्दै ढोका र मूलढोकाहरूमा कोर्दै र दाह्रीमा राल चुहाउँदै हिँडे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए।