1 Samuel 21:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म राजाको कामले आएको छु,” दाऊदले जवाफ दिए, “मलाई के काम गर्न राजाले पठाए, त्‍यो कसैलाई नभन्‍ने हुकुम छ। मैले आफ्‍ना मानिसहरूलाई एउटा विशेष ठाउँमा भेट्‍न भनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले अहीमेलेकलाई भने, “म राजाको हुकुम लिएर आएको छु। उहाँले खटाउनुभएको कामको बारेमा अथवा यी हुकुम के हुन्‌ भनी मैले कसैलाई थाहा दिनुहुँदैन। जब म मेरा मानिसहरूबाट बिदा भएँ तब मैले तिनीहरूलाई अमुक ठाउँमा भेट्‌नू भनी भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले पुजारी अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई कुनै विशेष कामले पठाउनुभएको छ, र मलाई भन्‍नुभएको छ, ‘तिम्रो काम र मेरो आदेशको बारेमा कसैलाई थाहा नहोस्।’ मेरा मानिसहरूको बारेमा चाहिँ मैले तिनीहरूलाई एउटा विशेष ठाउँमा मलाई भेट्न भनेको छु।
Nepali ERV (पवित्र बाइबल)
दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए। अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”