1 Samuel 21:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूले स्त्री छोएका छैनन्”, दाऊदले उत्तर दिए, “साधारण काममा जाँदा त मेरा मानिसहरू विधिअनुसार पवित्र रहन्छन् भने यस्तो विशेष काममा हिँड्दा झन् पवित्र रहेका छन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले पूजाहारीलाई जवाफ दिए, “अहिलेसम्म धावामा जाँदा, हामीहरू स्त्रीहरूबाट अलग बसेका छौं। अशुद्ध काम गर्न गएका भए तापनि यी जवान मानिसहरूका वस्तुहरू चोखा छन्। आजको दिन तिनीहरूका वस्तुहरू झन् कति बढ़ी चोखा छन्!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले भने, “निश्चिन्त हुनुहोस्, जब म बाहिर निस्कन्छु, तब सदाझैँ स्त्रीहरू हामीदेखि अलग नै हुन्छन्। मानिसहरू साधारण कामहरूमा त पवित्र हुन्छन् भने आज त झन् कति पवित्र छन्!”
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।”