1 Samuel 21:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(शाऊलको मूल गोठालो एदोमको दोएग त्‍यो दिन संयोगले त्‍यहाँ थियो किनभने त्‍यसले कुनै एउटा धार्मिक कर्तव्‍य पूरा गर्नुपर्थ्‍यो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलका सेवकहरूमध्‍ये एक जना पनि त्‍यस दिन त्‍यहीँ परमप्रभुको सामु रोकिएर बसेको थियो। त्‍यसको नाउँ एदोमी दोएग थियो, र त्‍यो शाऊलका गोठालाहरूका सबैभन्‍दा मुख्‍य थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन त्यहाँ शाऊलको एक जना सेवक पनि थियो, जसलाई याहवेहको सामु रोकेर राखिएको थियो। त्यो शाऊलको मुख्य गोठालो एदोमी दोएग थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।”