1 Samuel 21:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले अहीमेलेकलाई भने, “के तपाईंसित मलाई दिन एउटा भाला र तरवार होला? राजाका आज्ञाले म यति हतारसित आउनुपर्‍यो कि मैले तरवार वा अरू कुनै हतियारसम्‍म लिएर हिंड्‍ने समय पाइनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले अहीमेलेकलाई भने, “के तपाईंसँग कुनै भाला वा तरवार छ? किनभने राजाको काम साह्रै जरूरी भएको हुनाले मैले तरवार वा अरू हतियार ल्‍याउन पाइनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले अहीमेलेकलाई सोधे, “के तपाईंसँग यहाँ कुनै तरवार अथवा भाला छ? राजाको काम जरुरी भएको कारणले गर्दा मैले आफ्नो तरवार, अर्थात् मेरा कुनै पनि हतियारहरू लिएर आउन पाइनँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यहीं थिए। उनी हुन एदोमी दोएग। दोएगलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो। दोएग शाऊलका गोठालाहरूका प्रमुख थिए।