1 Samuel 21:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहीमेलेकले उत्तर दिए, “पलिश्‍ती गोल्यत, जसलाई तपाईंले एलाहको बेसीमा मार्नुभएको थियो, त्‍यसको तरवार मसित छ। त्‍यो लुगामा बेरेर एपोदको पछिपट्टि छ। लानुहुन्‍छ भने, त्‍यो मात्र एउटा हतियार यहाँ छ?” “त्‍यो मलाई दिनुहोस्,” दाऊदले भने, “त्‍योभन्दा असल तरवार अरू कतै छैन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले जवाफ दिए, “एलाहको बेँसीमा तपाईंले मार्नुभएको पलिश्‍ती गोल्‍यतको तरवार यहाँ छ। त्‍यो एपोदको पछाड़ि लुगामा बेहेरेर राखिएको छ। त्‍यो लैजाने इच्‍छा भए लैजानुहोस्‌। यहाँ अरू कुनै हतियार छैन।” दाऊदले भने, “त्‍यो जस्‍तो अरू तरवारै छैन। मलाई त्‍यही दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले जवाफ दिए, “तपाईंले एलाको बेँसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार यहाँ छ। त्यस तरवारलाई कपडाले बेह्रेर एपोदको पछिल्तिर राखिएको छ। यदि तपाईं चाहनुहुन्छ भने यही लानुहोस्; किनकि यहाँ योबाहेक अरू तरवार छैन।” दावीदले भने, “योजस्तो तरवार अरू छँदैछैन; मलाई यही दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।”