1 Samuel 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण शाऊल राजाले अहीमेलेक र उनका नोबमा पूजाहारी काम गर्ने नातेदारहरूलाई बोलाउन पठाए र तिनीहरू राजाकहाँ आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले नोबका पूजाहारी अहीमेलेक र नोबमा पूजाहारीका काम गर्ने तिनका सबै परिवारलाई बोलाउन लाए, र तिनीहरू सबै राजाका सामुन्‍ने आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊल राजाले अहीतूबका छोरा पुजारी अहीमेलेक र नोबमा पुजारी भएर बसेका तिनका पिताका सबै परिवारलाई बोलाउन पठाए; अनि तिनीहरू सबै राजा शाऊलकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतूबका छोरा अहीमेलेकलाई तिनका आफन्तहरूसितै लिएर आउनु भन्ने आदेश दिए। अहीमेलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका अगाडि हाजिर भए।