1 Samuel 22:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले उनलाई सोधे, “किन तिमी र दाऊदले मेरो विरुद्धमा षड्यन्त्र गर्दछौ? तिमीले किन त्यसलाई भोजन र एउटा तरवार दियौ र त्यसको निम्ति परमेश्वरदेखि सल्लाह माग्यौ? अहिले त्यो मेरो विरुद्धमा खडा भएको छ र मलाई मार्ने मौका हेर्दछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले तिनलाई भने, “तिमी र यिशैको छोराले मेरो विरुद्धमा किन षड्यन्त्र रच्यौ? तिमीले त्यसलाई खानेकुरा र तरवार पनि दियौ, त्यसको पक्षमा परमेश्वरसित सल्लाह पनि माग्यौ। यसैले त्यो मेरो विरुद्धमा खड़ा भएको छ, र अहिले यस बेला मलाई ढुकिबसेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले अहीमेलेकलाई भने, “तिमीले किन मेरो विरुद्धमा षड्यन्त्र रच्दछौ? तिमीले यिशैको छोरालाई खानेकुरा र तरवार पनि दियौ; अनि त्यसको पक्षमा परमेश्वरसँग सल्लाह लियौ। त्यसैले त्यो मेरो विरुद्धमा खडा भएको छ, आजसम्म पनि मलाई ढुकिबसेको छ।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”