1 Samuel 22:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहीमेलेकले उत्तर दिए, “तपाईंसित भएका सबैभन्दा विश्वासी अधिकृत दाऊद हुन्। तिनी तपाईंको आफ्नै ज्वाइँ, हजुरका अङ्ग-रक्षकहरूका नाइके र राज-दरबारमा सबैले खुबै आदर गरेका व्यक्ति हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहीमेलेकले उत्तर दिए, “हजूरका सबै सेवकहरूमध्ये दाऊदजस्तै भरोसा गर्न योग्यका मानिस, राजाकै जुवाइँ, अङ्गरक्षकहरूका कप्तान, हजूरका घरानामा एक आदरणीय स्थान पाएका दाऊदजस्ता अरू को छन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अहीमेलेकले राजालाई जवाफ दिए, “तपाईंका सेवकहरूमध्ये राजाका जुवाइँ दावीद, तपाईंका अङ्गरक्षकहरूका सेनापति र तपाईंको घरानामा अति आदरणीय व्यक्ति अरू को छन् र?
Nepali ERV (पवित्र बाइबल)
अहीमेलेकले जवाफ दिए, “दाऊद तपाईंको सबभन्दा भरोसा गर्न योग्यको पात्र हो। तपाईंका कुनै अधिकारी पनि दाऊद जस्ता विश्वासी छैनन्। दाऊद त तपाईंका आफ्नै ज्वाइँ हुन्। साथै दाऊद तपाईंका अंगरक्षकहरूका कप्तान पनि हुनू। तपाईंका परिवारका सबैले दाऊदलाई आदर गर्छन्।