1 Samuel 22:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, मैले उनको पक्षमा परमेश्वरको सल्लाह लिएँ, त्यो पहिलो चोटि पनि थिएन, षड्यन्त्रबारे चाहिँ हजुरले मलाई वा मेरा परिवारका अरू कसैलाई दोष नदिनू होला। यस विषयमा म केही कुरा जान्दिनँ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्तो अवसरमा तिनको पक्षमा परमेश्वरसित सल्लाह मैले लिएको के यो पहिलो पटक हो? यस्तो कुरा मबाट टाढ़ा रहोस्। मेरो आशा छ कि महाराजाले मलाई अथवा मेरा परिवारलाई दोष लाउनुहुनेछैन। किनभने मैले यो मामिला केही पनि बुझेको छैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनका निम्ति याहवेहसँग सल्लाह लिएको के यो पहिलो पटक थियो र? कदापि होइन! महाराजाले आफ्नो सेवकमाथि अथवा मेरो पिताको परिवारको कसैमाथि पनि दोष नदिनू होला; किनकि तपाईंको सेवकलाई यी सबै मामिलाको बारेमा केही पनि थाहा छैन।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”