1 Samuel 22:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण शाऊलले दोएगलाई भने, “तैँले तिनीहरूलाई मार्!” र दोएगले तिनीहरू सबैलाई मार्यो, त्यस दिन त्यसले पचासी जना एपोद लाउनलाई योग्य पूजाहारीहरू मार्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले राजाले एदोमी दोएगलाई भने, “ए दोएग, गएर पूजाहारीहरूलाई मार्।” तब एदोमी दोएगले गएर पूजाहारीहरूलाई मार्यो, र त्यस दिन त्यसले पचासी जना एपोद लाउने मानिसहरूलाई आफ्नै हातले मार्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले दोएगलाई हुकुम गरे, “तैँले यी पुजारीहरूलाई मार्।” यसकारण एदोमी दोएगले तिनीहरूलाई मारे। त्यस दिन दोएगले मलमलको एपोद लगाउने पचासी जना पुजारीहरूलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे।