1 Samuel 22:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीहरूका सहर नोबका अरू सबै बासिन्‍दाहरूलाई पनि मार्ने आज्ञा शाऊलले दिए। पुरुष, स्‍त्री, दूधे-बालक, गाई-गोरु, गधा र भेडाहरू सबै संहार गरिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यसले पूजाहारीहरूको सहर नोबको हरेक जीवित प्राणीलाई तरवारले मार्‍यो— पुरुष, स्‍त्री, केटाकेटी, दूध खाने बालक, गाई-गोरु, गधा, र भेड़ाबाख्रा सबै मार्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले पुजारीहरूको नगर नोबमा भएका मानिसहरू, स्त्रीहरू, बालबच्‍चाहरू र शिशुहरू, गाईबस्तु, गधाहरू र भेडाहरू सबैलाई पनि तरवारले मार्‍यो।
Nepali ERV (पवित्र बाइबल)
नोब पूजाहारीहरूको शहर थियो। दोएगले नोबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाईं गोरू गधा र भेडा समेत बाँकी राखेनन्।