1 Samuel 22:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अत्‍याचार वा ऋण वा असन्‍तोषमा परेका मानिसहरू तिनीकहाँ गए। तिनीहरू जम्‍मा चार सय जति थिए र तिनी तिनीहरूका अगुवा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कष्‍टमा परेका, ऋणमा परेका र असन्‍तुष्‍ट भएका मानिसहरू प्राय: चार सय जना तिनीकहाँ जम्‍मा भए, र तिनी तिनीहरूका अगुवा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुःख-कष्‍टमा परेका, ऋणमा परेका र असन्तुष्‍ट भएका मानिसहरू सबै दावीदको चारैतिर भेला भए। तिनीहरू लगभग चार सय जति थिए। दावीद तिनीहरूका अगुवा भए।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरूले दाऊदलाई साथ दिएका थिए। दाऊदलाई साथ दिनेहरूमा तिनीहरू थिए जो केही न केही समस्यामा परेका थिए। कोही ऋणमा डुबेकाहरू थिए कोही आफ्नै जिन्दगीसँग असन्तुष्टि थिए। यिनीहरूले दाऊदलाई साथ दिए र तिनीहरूका नेता दाऊद थिए। त्यहाँ लगभग 400 पुरूषहरू दाऊदसँग थिए।