1 Samuel 22:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद त्‍यहाँबाट मोआबको मिस्‍पामा गए र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरा लागि के गर्नुहुनेछ, त्‍यो थाहा नभएसम्‍म मेरा माता-पितालाई तपाईंकहाँ आएर बास गर्न दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँबाट दाऊद मोआबको मिस्‍पामा गए, र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरो निम्‍ति के गर्नुहुन्‍छ सो नजानुञ्‍जेल कृपा गरी मेरा माता-पितालाई तपाईंकहाँ शरण दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि दावीद त्यहाँबाट मोआबको मिस्पामा गए, र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरा निम्ति के गर्नुहुनेछ भनी मैले नजानेसम्म तपाईंले मेरा बुबाआमालाई तपाईंकहाँ आएर बस्‍न दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
मोआबमा मिस्पा जाँदा दाऊदले आदुल्लाम छोडे। मोआबका राजालाई दाऊदले भने, “मलाई परमेश्वरले के गरिरहनु भएको छ भनि नजानुञ्जेलसम्म मेरा आमा बाबुलाई तपाईंले यहाँ बस्ने अनुमति दिनुहोस्।”