1 Samuel 22:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के त्यही कारण तिमीहरू मेरा विरुद्धमा षड्यन्त्र गर्दछौ? मेरो छोराले दाऊदसित मिलाप गरेको छ भनी तिमीहरू कसैले मलाई भनेनौ। कसैले मेरो वास्ता गर्दैन वा मेरै मानिसहरूमध्ये एक जना दाऊदले यो घडी मलाई मार्ने मौका खोज्दै छ र मेरो छोराले त्यसलाई सुर्याउँदै छ भनी मलाई भन्दैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के त्यसैकारण तिमीहरू सबैले मेरो विरुद्धमा षड्यन्त्र रचेका छौ? मेरो छोराले यिशैको छोरोसित मेल गरेको तिमीहरू कसैले मलाई बताएनौ! तिमीहरूमध्येको कसैले पनि मेरो ख्यालै गरेन, मेरै छोराले मेरो आफ्नै सेवकलाई मेरो विरुद्धमा सुर्याएर आज मेरो विरुद्ध ढुक्न लायो सो तिमीहरूले मलाई बताएनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के यसैकारण तिमीहरूले मेरो विरुद्धमा षड्यन्त्र गरेका हौ? मेरो छोराले यिशैको छोरासँग बाचा बाँधेको कुरा तिमीहरू कसैले पनि मलाई भनेनौ। तिमीहरूमध्ये कसैले पनि मेरो वास्ता गर्दैनौ, अथवा मेरो छोराले आज गरेझैँ, मेरो सेवकलाई मलाई ढुकेर बस्न उक्साएको कुरा तिमीहरू कसैले पनि मलाई भनेनौ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सबैले मेरो विरूद्ध षड्यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”