1 Samuel 23:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के कीलाहका बासिन्दाहरूले मलाई शाऊलका हातमा सुम्पिदेलान्? के, मैले सुनेझैँ शाऊल साँच्चै आउने हुन्? परमप्रभु इस्राएलका परमेश्वर, म बिन्ती गर्दछु, मलाई उत्तर दिनुहोस्!” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल आउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के कीलाहका नगरवासीहरूले मलाई उनको हातमा सुम्पिदिनेछन्? मैले सुनेझैँ, के शाऊल आउनेछन्? परमप्रभु इस्राएलका परमेश्वर, बिन्ती छ, आफ्नो दासलाई बताइदिनुहोस्।” परमप्रभुले जवाफ दिनुभयो, “अवश्य, त्यो आउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।” याहवेहले भन्नुभयो, “अवश्य, शाऊल आउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।” परमप्रभुले भन्नु भयो, “शाऊल यो हुन आउँछ।”