1 Samuel 23:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दाऊद र तिनका करिब छ सय जना मानिसहरू तुरुन्तै कीलाह छोडेर जान लागे। दाऊद कीलाहबाट भागेका खबर सुनी शाऊलले आफ्नो योजना छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण दाऊदले आफ्ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्यो तब उनी त्यहाँ अगि बढ़ेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्।