1 Samuel 23:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद पहाडी देश, जीपको मरुस्‍थलमा गई लुकेर बसे। शाऊलले तिनलाई दिनदिनै खोजिरहेका थिए तर परमप्रभुले दाऊदलाई तिनको हातमा पर्न दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद उजाड़-स्‍थानका गढ़ीहरू र जीपको मरुभूमिका पहाड़हरूमा बसिरहे, र शाऊलले तिनलाई दिनदिनै खोज्‍दथे। तर परमेश्‍वरले दाऊदलाई उनको हातमा सुम्‍पिदिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद उजाडस्थानका किल्‍लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्‍वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
दाऊद मरूभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरूभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधै नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो।