1 Samuel 23:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जीपका केही मानिसहरू गिबामा शाऊलकहाँ गएर भने, “दाऊद हाम्रा इलाकामा हकीला पहाडको होरेशमा लुकेर बसेका छन्। त्‍यो यहूदाको मरुस्‍थलको दक्षिणी भागमा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब शाऊल गिबामा थिए, तब जीपीहरूले यो समाचार उनीकहाँ ल्याए, “हामी सुन्‍दछौं कि दाऊद यशीमोनको दक्षिणतिरका हकीलाको पहाड़मा भएको होरेशका गढ़ीहरूमा लुकिरहेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्‍लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ।