1 Samuel 23:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले परमप्रभुलाई सोधे, “के म गई पलिश्तीहरूलाई हमला गरूँ?” परमप्रभुले उत्तर दिनुभयो, “हुन्छ, गएर तिनीहरूमाथि आक्रमण गर् र कीलाह सहर बचा।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊदले यो कुरा सुने, तब तिनले परमप्रभुसित यसो भनेर सल्लाह मागे, “म गएर ती पलिश्तीहरूलाई आक्रमण गरूँ कि नगरूँ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “गएर उनीहरूलाई आक्रमण गर्, र कीलाहलाई मुक्त गर्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले याहवेहसँग सल्लाह मागे, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “हुन्छ जा, गएर पलिश्तीहरूलाई आक्रमण गर्, र कीलाहलाई बचा।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?” परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।”