1 Samuel 23:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूमाथि आक्रमण गरे। तिनीहरूले धेरै पलिश्तीहरूलाई मारे र तिनका गाई-वस्तु हात पारे। त्यसरी दाऊदले त्यस सहरको रक्षा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए, र पलिश्तीहरूसँग लड़ाइँ गरे। तिनीहरूले उनीहरूका गाई-गोरुहरू लगे, उनीहरूको ठूलो संहार गरे, र कीलाहका बासिन्दाहरूलाई मुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद र तिनका मानिसहरू कीलाहमा गए। अनि पलिश्तीहरूसँग युद्ध गरे, र तिनीहरूका गाईबस्तु लिएर गए। तिनले पलिश्तीहरूलाई ठूलो नोक्सान पुर्याए। यसरी दावीदले कीलाहका मानिसहरूलाई बचाए।
Nepali ERV (पवित्र बाइबल)
यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिश्तीसँग लडे। दाऊदका मानिसहरूले पलिश्तीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बँचाए।