1 Samuel 23:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्वरले त्यसलाई मेरा हातमा दिनुभएको छ। पर्खालले घेरेको र सुरक्षित ढोका भएको सहरमा गई दाऊदले आफैंलाई पासोमा पारेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद कीलाहमा गएका छन् भनी कसैले शाऊललाई भनिदियो, र शाऊलले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको रहेछ, किनभने गजबारहरू भएको, पर्खालले घेरिएको सहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको छ। किनकि दावीदले मूलढोकाहरू र बारहरू भएको नगरभित्र प्रवेश गरेर आफूलाई कैदमा पारेको छ।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। उ यस्तो शहरमा पस्यो जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।”