1 Samuel 24:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी दुईमा को दोषी छौं, सो परमप्रभुले निर्णय गरून्! मेरो विरुद्धको तपाईंको कामकाजको निम्‍ति परमप्रभुले तपाईंलाई दण्‍ड देऊन् किनभने म त तपाईंलाई अलिकति पनि चोट दिनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले हाम्रा बीचमा न्‍याय गरिदेऊन्। उहाँले मेरो खातिर हजूरसँग बदला लिऊन्‌। तर म त हजूरको विरुद्धमा मेरो हात कहिल्‍यै उठाउनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्। तपाईंले मेरो हानि गर्नुभएकोमा याहवेहले बदला लिऊन्, तर मेरो हातले तपाईंलाई छुनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन।