1 Samuel 24:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले न्याय गर्नुहुनेछ र हामी दुईमा कसको कसुर छ त्यो निर्णय दिनुहुनेछ। उहाँले यस विषयमा जाँच गरून्, मेरो रक्षा गरून् र मलाई तपाईंका हातबाट बचाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ, र उहाँले हाम्रा बीचमा फैसला गरिदिनुहुनेछ। म के कारण भागिरहेछु, परमप्रभुले हेर-विचार गरिदेऊन्। मेरो निम्ति परमप्रभुले नै इन्साफ गरेर तपाईंको हातबाट मलाई मुक्त गरिदेऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह नै न्यायकर्ता भएर हाम्रो बीचमा फैसला गरिदेऊन्। याहवेहले नै मेरो मामिलामाथि विचार गरेर मलाई समर्थन गरिदेऊन्, र उहाँले मलाई तपाईंको हातबाट बचाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुई बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैले देखाउनु हुनेछ कि म सही छु।”