1 Samuel 24:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी बाटोको छेउमा भएका भेडाका खोरका छेउमा एउटा ओडारमा आए र दिसा बस्‍न त्‍योभित्र पसे। त्‍यही ओडारको भित्री कुनामा दाऊद र तिनका मानिसहरू लुकिबसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ बाटोको छेउमा केही भेड़ा-गोठहरू थिए, छेवैमा एउटा गुफा थियो। त्‍यसैको पल्‍लो कुनामा दाऊद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। शाऊल त्‍यस गुफामा आएर दिसा बस्‍नलाई भित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी बाटो छेउको भेडागोठमा आइपुगे; जहाँ एउटा ओडार थियो, अनि शाऊल दिसा बस्‍नलाई गए। दावीद र तिनका मानिसहरू त्यस ओडारभित्र लुकेर बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
शाऊल बाटो छेउको भेडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए।