1 Samuel 24:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उनलाई भने, “अहिले तपाईंको मौका छ! परमप्रभुले तपाईंलाई भन्‍नुभयो कि उहाँले तपाईंको शत्रुलाई तपाईंका हातमा दिनुहुनेछ र त्‍योसित तपाईं जे चाहनुहुन्‍छ, सो गर्न सक्‍नुहुन्‍छ।” दाऊदले घस्रँदै गएर शाऊलले थाहा नपाई तिनको खास्‍टोको एक छेउ काटिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदका मानिसहरूले तिनलाई भने, “दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजूरको शत्रुलाई हजूरको हातमा सुम्‍पिदिनुहुन्छ, र हजूरलाई जे इच्‍छा लाग्‍छ त्यो गर्न सक्नुहुन्छ।” दाऊद बिस्‍तार गएर शाऊलको खास्‍टोको एक छेउ काटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरूले भने, “याहवेहले तपाईंलाई ‘म तेरो शत्रुलाई तेरो हातमा सुम्पिदिनेछु र तैँले जे मन लाग्छ, त्यसलाई त्यसै गर्नू’ भन्‍नुभएको दिन यही हो।” तब दावीद थाहा नपाउने तरिकाले घस्रँदै गएर शाऊलको खास्टोको एक किनार काटे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नु भएको दिन होइनू? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।”‘ त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए।