1 Samuel 24:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र दाऊदले आफ्ना मानिसहरूलाई तिनीमाथि आक्रमण गर्नुहुन्न भनी सम्झाए। शाऊल उठे, ओडारबाट निस्के र आफ्नो बाटो लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले दाऊदले आफ्ना मानिसहरूलाई हप्काए, र राजामाथि केही हानि गर्न दिएनन्। शाऊल उठेर गुफा छोड़ी आफ्नो बाटो लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्। शाऊल गुफा छोडेर आफ्नै बाटो लागे।