1 Samuel 25:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिम्रा तरवार भिर,” उनले आज्ञा गरे र तिनीहरूले आ-आफ्ना तरवार भिरे। दाऊदले पनि आफ्नो तरवार भिरे र चार सय जना आफ्ना मानिसहरू लिएर हिंडे। दुई सय मानिसहरूलाई माल-सामान हेर्न छोडिराखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले आफ्ना मानिसहरूलाई भने, “सबैले आ-आफ्नो तरवार भिर।” तिनीहरू सबैले आ-आफ्नो तरवार भिरे, र दाऊदले पनि आफ्नो तरवार भिरे। प्राय: चार सय जना दाऊदको पछि लागे, र अरू दुई सय जनाचाहिँ मालसामान हेर्नलाई बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू सबैले आ-आफ्नो तरवार भिर!” यसकारण तिनीहरूले आ-आफ्नो तरवार भिरे; अनि दावीदले पनि आफ्नो तरवार भिरे। दावीदसँग लगभग चार सय मानिसहरू गए। दुई सय जनाचाहिँ सामानहरूको रेखदेख गर्न बसे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।