1 Samuel 25:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाबालको एउटा चाकरले उनकी स्‍वास्‍नी अबीगेललाई भन्‍यो, “तपाईंले सुन्‍नुभयो? दाऊदले वनबाट केही मानिसहरू आफ्‍नो शुभकामनासाथ हाम्रा मालिककहाँ पठाएका थिए; तर तिनले त तिनीहरूलाई अपमान पो गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाबालको कुनै एक जना सेवकले नाबालकी पत्‍नी अबीगेललाई भन्‍यो, “दाऊदले मरुभूमिबाट हाम्रा मालिकलाई नम्रतापूर्वक अभिवादन दिनलाई मानिसहरू पठाएका थिए, तर उहाँले त तिनीहरूको अपमान गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेवकहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दावीदले हाम्रा मालिकलाई अभिवादन गर्नू भनी उजाडस्थानबाट आफ्ना दूतहरू पठाएका थिए; तर उहाँले तिनीहरूको घोर अपमान गरेर पठाइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए।