1 Samuel 25:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले हामीसित असल व्यवहार गरेका थिए, तिनीहरूले हामीलाई कहिल्यै दु:ख दिएनन् र जतिञ्जेल हामी तिनीहरूसित मैदानमा थियौं, हाम्रो केही थोक हराएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती मानिसहरूले हामीलाई राम्रो व्यवहार देखाएका थिए, र हामीलाई सताएनन्, र हामी तिनीहरूसँग खुला मैदानमा यताउता जाँदा हामीले हाम्रो कुनै चीज हराएनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती मानिसहरूले भने हामीप्रति असल व्यवहार गरेका थिए। तिनीहरूले हामीसँग कहिल्यै नराम्रो व्यवहार गरेनन्। अनि हामी तिनीहरूको नजिक मैदानमा हुँदा हाम्रो केही पनि हराएन।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू हाम्रा निम्ति साह्रै असल थिए। जब हामी भेडाहरू मैदानमा लिएर जान्थ्यौ। दाऊदका मानिसहरू हामीसितै दिनभरी हुन्थे। अनि तिनीहरूले हाम्रो कुनै नोक्सान गरेनन्। तिनीहरूले कहिले पनि केही चोरेनन्।