1 Samuel 25:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी आफ्ना भेडाका बगाल हेरेर तिनीहरूसित रहँदाबस्दा सबै समय, रात-दिन, तिनीहरूले हाम्रो रक्षा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हामी आफ्ना भेड़ाहरू चराउन जान्थ्यौं, तब तिनीहरू रातदिन हाम्रा चारैतिर पर्खालजस्तै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले तिनीहरूको नजिक आफ्ना भेडाहरू चराउँदाको अवधिभरि तिनीहरू दिनरात हाम्रा चारैतिर पर्खालजस्तै थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेडा चराइरहेको समयमा पनि तिनीहरूले हाम्रो चारैतिरबाट पर्खालले झैं रक्षा गर्यो।