1 Samuel 25:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसमाथि विचार गरी हामीले के गर्नुपर्ने हो, कृपा गरी निर्णय गर्नुहोस्। यो कुरा हाम्रा मालिक र तिनका परिवारको लागि विपत्तिपूर्ण हुन सक्छ, तिनी यति जिद्दीवाल छन् कि कसैका कुरा सुन्दैनन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तपाईंले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रा मालिक र उहाँका सबै परिवारमाथि निश्चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब यस बारेमा तपाईंले के गर्नुपर्ने हो, सो विचार गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँका सारा घरानामाथि विपत्ति आइरहेको छ। उहाँ यत्ति दुष्ट मानिस हुनुहुन्छ, कसैले उहाँसँग कुरै गर्न सक्दैन।”
Nepali ERV (पवित्र बाइबल)
यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”