1 Samuel 25:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीगेलले हतारसाथ दुई सय रोटी, दाखमद्यले भरिएका दुई वटा छालाका मशकहरू, पाँच वटा आगोमा पोलेका भेडा, सत्र किलोग्राम भुटेको अन्‍न, एक सय झुप्‍पा सुकाएका अङ्‍गुर र दुई सय वटा सुकेका नेभाराका डल्‍ला जम्‍मा गरिन् र गधामा लदाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले झट्टै दुई सय रोटी, दुई मशक दाखमद्य, काटकुट पारी बनाएका पाँच वटा भेड़ा, आठ पाथी चिउरा, एक सय झुप्‍पा किशमिश, र सुकाएका नेभाराका दुई सय डल्‍ला अबीगेलले लिएर गधाहरूमा ती लदाइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अबीगेल हतारसाथ तुरुन्तै तयार भइन्। तिनले दुई सय वटा रोटी, दुई मसक दाखमद्य, काटकुट पारी तयार पारिएका पाँच वटा भेडा, पाँच सिया चिउरा, एक सय झुप्पा किसमिस, र दुई सय सुकेका नेभाराका डल्‍लाहरू गधाहरूमा लदाइन् र लिएर गइन्।
Nepali ERV (पवित्र बाइबल)
अबीगेलले हतार हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्।