1 Samuel 25:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनले आफ्ना चाकरहरूलाई भनिन्, “तिमीहरू अघि-अघि जाओ। म पछिपछि आउनेछु।” तर तिनले लोग्नेलाई केही भनिनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले आफ्ना नोकरहरूलाई भनिन्, “तिमीहरू अगिअगि जाओ, म तिमीहरूका पछि आउनेछु।” तर आफ्ना पतिलाई तिनले यस विषयमा केही भनिनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफ्ना सेवकहरूलाई भनिन्, “तिमीहरू अगि-अगि जाओ; अनि मचाहिँ म तिमीहरूको पछि-पछि आउनेछु।” तर यस बारेमा तिनले आफ्ना पति नाबाललाई केही भनिनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि नोकरहरूलाई भनिन्, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोग्नेलाई भनिनन्।