1 Samuel 25:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] त्‍यहाँ कालेबको वंशको नाबाल नाम गरेको एक जना मानिस थियो। त्‍यो माओन सहरबाट आएको थियो र कर्मेल सहरछेउ त्‍यसको ठूलो जमिन थियो। त्‍यो औधी धनी थियो र त्‍यसका तीन हजार भेडा र एक हजार बाख्राहरू थिए। त्‍यसकी स्‍वास्‍नी अबीगेल सुन्‍दरी र बुद्धिमति थिइन्; तर त्‍यो आफैंचाहिँ नीच र रिसाहा थियो। नाबालले कर्मेलमा भेडाका ऊन कत्रँदै थियो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माओनको एक जना मानिस थियो, जसको कर्मेलमा धेरै सम्‍पत्ति थियो। त्‍यो निकै धनी थियो। त्‍यसका तीन हजार भेड़ा र एक हजार बाख्रा थिए। त्‍यसले कर्मेलमा आफ्‍ना भेड़ाको ऊन कत्रँदैथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माओनका एक जना मानिस थिए, जसको कर्मेलमा धेरै धनसम्पत्ति थियो, तिनी निकै धनाढ्य व्यक्ति थिए। तिनका एक हजार बाख्रा र तीन हजार भेडा थिए। तिनले कर्मेलमा भेडाहरूका ऊन कत्रिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेडाको ऊन कत्रन गयो।