1 Samuel 25:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी आफ्नो गधामा चढी डाँडाको एउटा घुम्ती घुमेर जाँदै थिइन्। अचानक तिनले दाऊद र तिनका मानिसहरू आफूतिर आइरहेका देखिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी गधामा चढ़ेर डाँड़ा बीचको बाटो भएर गइरहेकी थिइन्, तब दाऊद र उनका मानिसहरू तिनीतर्फ तलतिर झर्दैथिए, र अबीगेलले तिनीहरूलाई भेटिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी जब आफ्नो गधामाथि चढेर एउटा पर्वतको खोँचमा आइन्, र त्यस बेला त्यहाँ दावीद र तिनका मानिसहरू तिनी भएतिर झर्दैथिए; तब तिनले उनीहरूलाई भेटिन्।
Nepali ERV (पवित्र बाइबल)
गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।