1 Samuel 25:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुर, मैले गरेका कुनै भुल छन् भने मलाई माफ गर्नुहोला। परमप्रभुले तपाईंलाई र तपाईंका सन्‍तानलाई पनि राजा बनाउनुहुनेछ किनभने तपाईंले उहाँका लडाइँहरू लड्दै हुनुहुन्‍छ र आफ्‍नो जीवनभरि तपाईंले कुनै खराब काम गर्नुहुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा मालिक, धृष्‍टता गरेकोमा हजूरकी दासीलाई क्षमा गर्नुहोला। परमप्रभुले हजूरको वंशलाई सदासर्वदै स्‍थिर गर्नुहुनेछ, किनभने हजूरले परमेश्‍वरकै युद्धहरू गर्नुहुन्‍छ। हजूरको जीवनकालभरि हजूरमा कुनै किसिमको खराबी नपाइओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कृपया हजुरकी सेविकाको अपराध क्षमा गर्नुहोस्। किनकि याहवेहले निश्‍चय नै मेरा मालिकका निम्ति वंश सदाको लागि दृढ गराउनुहुनेछ। किनभने हजुरले याहवेहको लडाइँ लड्दै हुनुहुन्छ। हजुर जीवित रहुन्जेल हजुरको कुनै खराबी नहोस्।
Nepali ERV (पवित्र बाइबल)
मेरो भूलमा क्षमा दिनु होस्। मलाई थाहा छ परमप्रभुले तपाईंको परिवारालाई शक्तिशाली तुल्याउनु हुनेछ र धेरै राजाहरू तपाईंकै परिवारबाट आउनेछन्। परमप्रभुले यसो गर्नु हुनेछ कारण तपाईंले उहाँको निम्ति युद्ध गर्नु भएको छ। यसर्थ तपाईं बाँचुञ्जेल मानिसहरूले तपाईमा कुनै खोट पाउने छैनन्।