1 Samuel 25:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले तपाईंलाई हमला गरेर मार्ने चेष्‍टा गर्‍यो भने परमप्रभु तपाईंको परमेश्‍वरले मानिसको बहुमूल्‍य धन-राशिको जगेरा गरेझैँ तपाईंलाई रक्षा गर्नुहुनेछ। तपाईंका शत्रुहरूलाई चाहिँ मानिसले घुँयेत्रोले ढुङ्गा हानेझैँ उहाँले फ्‍याँकिदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै मानिसले हजूरलाई खेद्‌न र हजूरको प्राण लिन खोज्‍यो भने परमप्रभु हजूरका परमेश्‍वरले हजूरको प्राणलाई सुरक्षित राखेर जीवितहरूमध्‍ये राख्‍नुहुनेछ। तर हजूरका शत्रुहरूका प्राणलाई चाहिँ उहाँले घुयेँत्रोमा राखेर हानेको ढुङ्गाजस्‍तै फ्‍याँक्‍नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि कसैले हजुरको प्राण लिन खेदिरहेका छन्; तापनि मेरा मालिकको प्राण याहवेह हजुरका परमेश्‍वरद्वारा आफ्ना जीवितहरूको भण्डारमा सुरक्षित राख्नुहुनेछ। तर हजुरका शत्रुहरूका प्राणहरूचाहिँ घुँयेत्रोले हानेको ढुङ्गालाई झैँ उहाँले फ्याँकिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ।