1 Samuel 25:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो नोक्सान गर्नदेखि परमप्रभुले मलाई रोक्नुभयो। जीवित परमप्रभु इस्राएलका परमेश्वरलाई साक्षी राखी म भन्दछु, यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालका परिवारको एउटै पुरुष पनि बिहानसम्म जीवित रहनेथिएन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिम्रो हानि गर्नदेखि जोगाउनुहुने परमप्रभु इस्राएलका परमेश्वरकै नाउँको शपथ खाएर म भन्दछु कि यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालका परिवारको एकैजना पुरुष पनि बिहानसम्म जीवित रहनेथिएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँच्चै इस्राएलका परमेश्वर जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, जसले मलाई तिमीहरूको नोक्सानी गर्नदेखि जोगाउनुभयो, यदि तिमी मलाई भेट्न चाँडो गरी नआएकी भए भोलि बिहानसम्म नाबालका परिवारको एउटै पुरुष पनि जीवित रहनेथिएन।”
Nepali ERV (पवित्र बाइबल)
साँच्चै नै परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोलि बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”