1 Samuel 25:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी हतारसाथ उठिन् र आफ्नो गधामा सवार भइन्। आफ्ना पाँच दासीहरू साथ लिएर तिनी दाऊदका चाकरहरूका साथमा गइन् र विवाह गरी तिनकी स्वास्नी भइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अबीगेल हतार-हतार तयार भइन्, र आफ्ना पाँच जना सहेलीहरूसँग गधामा चढ़ेर समाचार ल्याउने दाऊदका मानिसहरूका साथमा गइन्, र दाऊदकी पत्नी भइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अबीगेल झट्टै एउटा गधामा चढिन्, र तिनका पाँच जना सेविकाहरूलाई साथमा लिएर दावीदका दूतहरूका साथमा गइन्, र दावीदको पत्नी भइन्।
Nepali ERV (पवित्र बाइबल)
हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्।