1 Samuel 25:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले भेडाका ऊन कत्रँदैगरेका उनले सुने र उनले तपाईंलाई यो थाहा भएको चाहन्छन् कि तपाईंका गोठालाहरू हामीकहाँ आएका थिए र हामीले तिनीहरूको केही हानि गरेनौं। तिनीहरू कर्मेलमा रहुञ्‍जेलसम्‍म तिनीहरूका कुनै कुरा चोरी भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तपाईंका गोठालाहरू हामीसँग यति दिन रहँदा हामीले उनीहरूलाई सताएनौं। उनीहरू कर्मेलमा हुँदा उनीहरूको केही पनि हराएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यो समय भेडाको ऊन कत्रने समय हो भनी मैले सुनेको छु। जब तपाईंका गोठालाहरू हामीसँग थिए, तब हामीले तिनीहरूसँग कहिल्यै नराम्रो व्यवहार गरेनौँ। अनि तिनीहरू कर्मेलमा रहुन्जेल तिनीहरूका कुनै पनि थोक हराएन।
Nepali ERV (पवित्र बाइबल)
मैले थाहाँ पाएँ कि तपाईं आफ्नो भेडाको ऊन कत्रँदै हुनुहुन्छ। तपाईंका गोठालाहरू केही समयदेखि हामीसित थिए। हामीले तिनीहरूसित खराब व्यवहार गरेनौ। जब तिनीहरू कर्मेलमा थिए तिनीहरूको केही पनि हराएन अथवा चोरेनन्।