1 Samuel 26:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जीपबाट केही मानिसहरू शाऊलकहाँ गिबामा आए र यहूदी यशीमोनको किनारमा भएको हकीला डाँडामा दाऊद लुकेका छन् भनी सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीपीहरू गिबामा शाऊलकहाँ गएर यशीमोनतिर फर्केको हकीलाको पहाड़मा दाऊद लुकेका छन्‌ भनी सुनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीपका केही मानिसहरू गेबामा शाऊलकहाँ गएर भने, “दावीद यशीमोनको सामु भएको हकीलाहको डाँडामा लुकेर बसेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”