1 Samuel 26:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्‍दछु कि परमप्रभु आफैंले उसलाई मार्नुहुनेछ। साधारण रीतिले उनको मर्ने बेला हुँदा अथवा लडाइँमा मार्नुहुनेछ भनी म जान्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन्‌ अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै याहवेह आफैँले तिनलाई प्रहार गर्नुहुनेछ, अथवा शाऊलको समय आउनेछ र तिनी मर्नेछन्, वा तिनी लडाइँमा गएर नष्‍ट हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्।

Recommended Reading