1 Samuel 26:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले शाऊलको शिरको छेउबाट भाला र पानीको सुराही लिए र त्यहाँबाट अबीशैसित बिदा भए। त्यो कुरा कसैले देखेन र के भयो भनेर कसैले जानेन। तिनीहरू घोर निद्रामा परेका थिए किनभने परमप्रभुले तिनीहरूमाथि घोर निद्रा पठाउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले शाऊलको सिराननेर भएको भाला र पानीको सुराही लगे, र तिनीहरू गइहाले। छाउनीका सबै फौज सुतिरहेका थिए। कसैले तिनलाई देखेन, कसैलाई थाहै भएन, कोही पनि ब्यूँझेन। परमप्रभुबाट पठाइएको मस्त निद्रामा उनीहरू सुतिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले शाऊलको सिरानीनिर भएको भाला र पानीको सुराही लिएर तिनीहरू गए। यो कुरा कसैले पनि देखेनन्, न त यस बारेमा कसैलाई थाहा भयो, न कोही नै बिउँझे। तिनीहरू सबै जना सुतिरहेका थिए। किनकि याहवेहले तिनीहरूलाई मस्त निद्रामा पार्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझ्यो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो।