1 Samuel 26:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुदेखि टाढा विदेशी भूमिमा मलाई मारिन नदिनुहोस्। इस्राएलका राजाले किन मजस्तो भुसुनालाई मार्न आउनुपर्यो? किन उनले मलाई वनको चरोलाई झैँ मार्नुपर्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको सामुन्नेबाट टाढ़ामा मेरो रगत बग्न नदिनुहोस्। किनभने राजा डाँड़ाहरू हुँदो तित्रालाई खेदेझैँ एउटा उपियाँलाई खोज्न निस्केर आउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मेरो रगत याहवेहको उपस्थितिबाट टाढा रहेको देशमा खस्न नदिनुहोस्। पहाडतिरका तित्रा चराको शिकार गर्न निस्केझैँ, इस्राएलका राजा एउटा उपियाँलाई खोज्न निस्किआउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इस्राएलका राजा झींङ्गाको पछि लाग्दैछ। तपाईं पहाडमा भ्यागुत्ताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।”