1 Samuel 26:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वासयोग्य र धर्मी मानिसहरूलाई परमप्रभुले इनाम दिनुहुनेछ। आज उहाँले तपाईंलाई मेरा हातमा पारिदिनुभएको थियो; तर मैले तपाईंको केही नोक्सान गरिनँ। तपाईंलाई परमप्रभुले राजा बनाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले हरेक मानिसलाई त्यसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्नो हात उठाउन इन्कार गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले हरेक मानिसहरूलाई तिनीहरूको धार्मिकता र विश्वासयोग्यताको निम्ति प्रतिफल दिनुहुन्छ। आज याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभयो। तर मैले याहवेहको अभिषिक्त जनमाथि आफ्नो हात उठाइनँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहदिन।