1 Samuel 26:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र हकीला डाँडाको बाटोमा छाउनी हाले। दाऊद मरुस्‍थलमा नै थिए र शाऊल मलाई खोज्‍न आएका छन् भनी थाहा पाएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशीमोनतिर फर्केको हकीलाको पहाड़का छेउको बाटैमा उनले आफ्‍नो छाउनी हाले। तर दाऊदचाहिँ मरुभूमिमा नै बसे। शाऊल तिनलाई मरुभूमिमा खेद्‌नलाई आएका छन्‌ भनी सुन्‍ने बित्तिकै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले यशीमोनतिर फर्केको हकीलाहको डाँडा छेउमा आफ्नो छाउनी हाले; तर दावीदचाहिँ उजाडस्थानमै बसे। जब शाऊलले आफूलाई त्यहाँसम्म पछ्याएको दावीदले थाहा पाए,
Nepali ERV (पवित्र बाइबल)
शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काएर बनाए। दाऊद त्यही मरूभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो।