1 Samuel 26:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी तुरुन्तै गएर शाऊल र अबनेर सुतेका ठाउँ पत्ता लाएर आए। नेरको छोरो अबनेर शाऊलका सेनापति थिए। पालभित्र शाऊल सुत्थे र तिनका चारैपट्टि तिनका मानिसहरूले छाउनी हालेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कति पनि ढिलो नगरी तिनी शाऊलले छाउनी हालेको ठाउँमा गए, र शाऊल र उनका सेनापति नेरका छोरा अबनेर सुतिरहेको ठाउँ देखे। आफ्नो फौजका चारैतिरको छाउनी बनाएर पङ्क्तिहरूका बीचमा शाऊल सुतिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि दावीद निस्किए, र शाऊलले छाउनी हालेको ठाउँमा गए। तिनले शाऊल र नेरका छोरा, अर्थात् सेनाका सेनापति अबनेर सुतेको ठाउँ देखे। शाऊलचाहिँ छाउनीभित्र सुतिरहेका थिए। तिनको चारैतिर फौजले घेरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए।